धमलाको विगत ‘ढाकछोप’मा कांग्रेस धादिङको वक्तव्य : तथ्य लुकाएर समाचारको निन्दा

दियोपोस्ट संवाददाता  

धादिङ । नेपाली कांग्रेस धादिङले दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस धादिङ २ का प्रत्यक्ष उम्मेदवार रमेश प्रसाद धमला मुछिएको धर्म सन्तानको नाममा अवैध रुपमा बालबालीका विदेशी मुलुकमा पुर्याएको र दाताले दिएको रकम हिनामिना गरेको विषयमा प्रकाशित समाचारलाई लिएर कांग्रेसले वक्तव्य निकालेको हो ।

नेपाली कांग्रेस जनताको सुचना पाउने र सुसूचित हुन पाउने हक, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारीताको पक्षमा सँधै रहेको र सम्मान गर्ने समेत बक्तव्यमा बताइएको छ ।

नेता तथा उम्मेदवार धमलाको सन्दर्भमा चरित्र हत्या गराउने, जनतामा भ्रम फैलाउने र केहीदिन मात्रै बाँकी रहेको आगामी फागुन २१ गते हुने निर्वाचनमा मत प्रभावित बनाउने उद्देश्य साथ योजनाबद्ध रुपमा समाचार नयार गरी सम्प्रेषण गरिनु मर्यादा विपरितको कार्य भएको भन्दै कांग्रेसले निन्दा गरेको छ । तर, धमला जोडिएको तथ्यसहितको समाचार आजको दिनसम्म खण्डन गरिएको छैन ।

विदेशी दाताहरुले प्रकाशन गरेको बक्तव्य र विभिन्न खोजमुलक तथ्यको आधारमा प्रकाशित समाचारको कांग्रेस र धमलाबाट कुनै खण्डन प्राप्त भएको छैन । समाचार प्रकाशन गर्नुलाई मात्रै कांग्रेसले निन्दा गरेको छ । जबकी प्रकाशित समाचार तथ्यबिना र भ्रामक भए प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने र त्यहाँ मार्फत खण्डन समेत प्रकाशन गर्न धमलालाई प्रेस काउन्सिल आचार संहिताले नै अधिकार दिएको छ । प्रकाशित समाचार मिथ्या रहेको दाबी गरिएको वक्तव्यमा कुनै तथ्य र प्रमाणहरुको आधार टेकिएको छैन ।

सिफारिस