१ ४ जना एसपी एसएसपीमा बढुवा, मिरा चौधरीदेखि किरण बज्राचार्यसम्मले लगाउने भए एसएसपीको फूली

दियोपोस्ट संवाददाता

२६ माघ, काठमाडौँ । प्रहरी प्रधान कार्यालय काठमाडौँले १४ जना एसपीलाई एसएसपीमा बढुवा गरेको छ । नेपाल प्रहरीको प्रधान कार्यालयले खाली रहेको एसएसपी पदमा पदपुर्ति गरेको हो ।

एसएसपी बढुवा हुनेमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर, भिम ढकाल रहका छन् । शनिबार साँझ प्रहरी प्रधान कार्यालयमा बसेको बैठकले एसपीहरुलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर