‘किर्ते भौचर काण्ड’ मिलाउन अन्नपूर्ण मिडियाका मालिक रामेश्वर थापाका प्रतिनिधि पोखरामा

दियो पोस्ट  

काठमाडौं, २ फागुन । विभिन्न पेशा व्यावसायमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले किर्ते भौचर प्रकरण ‘सेटलमेन्ट’ गर्ने तयारी गरेका छन् ।


पोखराका व्यावसायी शिव प्रसाद बास्तोला र गीता श्रेष्ठको नाममा रहेको ३७ रोपनी ७ आना जग्गा किर्ते भौचर देखाएर थापाले आफ्नो मिडियाको नाममा गराएका थिए । अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपीवान टेलिभिजनको सब स्टेशन राख्नका लागि वास्तोलाको जग्गा भौचर किर्ते गरी आफ्नो नाममा पारेको सार्वजनिक भएको थियो ।


रामेश्वर थापाले आफ्नो प्रतिनिधिको रुपमा कामुद ढुङ्गानालाई बुधबार पोखरा पठाएका थिए । ‘यो मुद्दालाई अब धेरै माथी पुर्याउने काम नगरौँ । अब हामी सेटलमेन्ट गरौँ भनेको छ,’ कामुदसँग भेटेपछि वास्तोलाले भनेँ,‘अब केही दिनमा मिल्ने कुरा छ ।’


भेटका क्रममा थापाका प्रतिनिधिले ‘अब मिलेर जानु पर्यो । हामीलाई एक वर्ष यो जग्गा चलाउन दिनुपर्यो’ भन्दै प्रस्ताव राखेका थिए ।


जवाफमा वास्तोलाले ‘सहमतिमा जाने भए ठीकै छ । मैले पनि संघर्ष गरेर जोडेको सम्पत्ति हो । तपाईंहरुले मिडिया, सम्पत्ति र प्रशासनको धम्की नदिनुस’ भन्दै आफूले सकेको गर्ने चेतावनी दिएका थिए ।


थापाको प्रतिनिधि ढुङ्गाना ‘मिलाउने’ प्रतिवद्धता जनाएर काठमाडौं फर्किएका थिए ।


यसअघि दियोपोस्ट डटकम र आर्थिक दैनिकमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले किर्ते भौचर देखाएर करोडौँको जग्गा कब्जा गरेको समाचार सार्जनिक भएको थियो ।

याे पनि पढ्नुहाेस्

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !