धादिङ कारागार चौकीदार प्रकरण : सिडियोले भने,‘चौकिदार नियुक्ती सिफारिस खारेज हुन्छ’

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, ९ फागुन । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जिल्ला कारागारको चौकीदार नियुक्ती सिफारिस रद्द गरेको जनाएका छन् ।


दियोपोस्ट डटकममा चौकिदार नियुक्ती सिफारिस प्रकरणमा आर्थिक लेनदेन भएको सार्वजनिक भएपछि ‘नियुक्ती सिफारिस’ खारेज भएको बताएका हुन् ।


दियोपापेस्ट डटकममा प्रकाशित समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन यसरी गरे । उनकै शब्दमा :


एक रुपैयाँ खाएको पुष्टि गरिदिनु भयो भने आजै राजिनामा दिएर जान्छु । उसले ल्याउने हामीले सिफारिस गर्ने मात्रै हो । अस्ति कैदी बाहिर गएको भनेर कारागारले छानबीन गर्न लागेको छ । एक वर्ष भएपछि चौकीदार परिवर्तन हुन्छ । मैले प्रक्रिया मात्रै पुर्याइदिने मात्रै हो । आउनुस् मिलेर कारबाही गरौँ । तपाईंहरुले प्रमाण दिनु पर्छ । जे पनि लेख्न पाउनु हुन्न । तपाईं आउनुस् सोधखोज गरम् । त्यहाँ केही गडबडी भएको छ भने तपाईं हामी मिलेर अनुसन्धान गरम् । मेरो नाम किन जोड्नु हुन्छ । मैले दिने खाने गर्दिनँ । सरोकारै नभएको मान्छेलाई मुछियो । मदन भन्ने ईन्भल्ब छ भने कारबाही गरम् । मैले सिफारिस मात्रै गर्ने हो । छानबीन गर्न सहयोग गर्नुस् । अनावश्यक आक्षेप लगाइएको छ । कारागार व्यवस्था विभाग र प्रधानमन्त्री कार्यालयबाट पनि छानबीन मगाइदिनुस् । सुचना दिएर मलाई सहयोग गरिदिनुस् । तपाईं त्यत्रो जानकारी भएको मान्छे हिँजो मलाई भनेको भए म रोक्दिन्थेँ । उनीहरुले यो राम्रो छ भनेर ल्याएपछि उनीहरुले खान सक्छन् । छानबीन गरेर मात्रै जानकारी दिन्थेँ । हामीलाई त्यस्तो सुचना दिन्नन् । मैले कारागार व्यवस्थापन विभागलाई सिफारिस गरेको रोक भनिसकेको छु । मैले एक रुपैयाँ खायो भने १० रुपैयाँ लेखिदिनु । म कसैलाई भेटेको देख्यो भने शंका गरम । जेल भित्र मुढा बनाउने, पसल थाप्ने विभिन्न हुँदो रहेछ । त्यस्तोलाई कारबाही गर्दछौँ । तपाईं हामी मिल्यो भने पत्ता लगाउन सकिन्छ । म यो निमित्त जेलर मदन श्रेष्ठ भन्नेलाई पनि परिवर्तन गर्छु । हरी प्रसाद मैनालीलाई फोन गरेर मदनलाई परिवर्तन गर्दिनु भनेको छु । यहाँको हाकिमलाई पनि विदा स्विकृति नलिइ बाहिर गएकाले रातो लगाएका छौँ । चौकिदार अब क्यान्सिल हुन्छ । ३५ लाख दिँदा १ करोड कमाउनु पर्छ ।

सम्बन्धित खबर

सिफारिस