भारतीय नागरिक रविन्द्रनाथ झाले कसरी लिए बंशजको आधारमा नेपाली नागरिकता ?

दियो पोस्ट  

काठमाडौं । भारतीय नागरिक रविन्द्र दास वैष्णव भन्ने रविन्द्र नाथ झाले झुट्ठा विवरण दिएर महोत्तरी जिल्लाबाट वंसजको नेपाली नागरिकता लिएका छन् । उनी भारतका बिहार, मधुबनी जिल्ला, ग्राम पञ्चायत बासुकी बिहारी वडा नम्बर ३ थल्ली ग्राम पर्सामा जन्मेका थिए । उनका बाबु आमा लगायतका परिवारहरु अहिले पनि भारतकै उक्त स्थानमा बसोबास गर्दछन् ।

उनले नेपालको महोत्तरी जिल्लाबाट २०५५ साल चैत्र १८ गते नागरिकता प्रमाणपत्र नम्बर १०२८२३०५/४५६ को नेपालको नागरिकता जारी गराई लिएका हुन् । उनी जनतालाई प्रभावमा पारेर झुक्याउन साधुको भेषमा देखाउने गर्दछन् ।

साथै उनी नामै समेत रबिन्द्र दास वैष्णव लेखेर कम्बल ओडेर घिउ खाने काममा माहिर मानिएका एक जना स्थानीयले बताए ।

विधानसभा निर्वाचक नामावली


उनका बाबु बुद्धिनाथ झाको भारतको बिहार राज्यको सामान्य विधानसभा निर्वाचक नामावली–२०१५ को डब्लु बी /१३/पीठ ३ ए १३००५० मा फोटो सहित प्रकाशित गरिएको छ । त्यसै गरी महोत्तरीबाट बंसजको नागरिकता लिएका रबिन्द्रनाथ झाको भारतीय निर्वाचन आयोगको परिचयपत्र नः द्यच्रज्ञघरण्ण्ठद्धरघज्ञण्ण्छघ जिल्ला मधुवनी लेखि जारी गरिएको छ । २८ सेप्टेम्बर ०१५ मा जारी गरिएको उनको परिचयपत्रले भारतीय नागरिक भएको प्रष्ट हुन्छ ।


तथापि उनी भने वंशजको नागरिकता लिएर गुठी संस्थानको महोत्तरी जिल्लाको समरदहि मठको महन्थमा नियुक्ति भएका छ्न् । उनी भरखरै घुसकाण्डमा पक्राउ परि अख्तियारको हिरासतमा बसेका गुठीका प्रशासक नारायण चौधरीलाई आर्थिक लाभको आश्वासनमा पारेर नियुक्ति लिएका थिए ।

नेपाली नागरिकता

समरदहीमा १२० बिघा जमिन रहेको र उक्त जमिन ठेक्कामा दिएर करोडौं आय हिनामिना गरेको उनलाई आरोप लागेको छ । यो जमिनमा उनी १६ वर्ष देखि ठेक्का लिएर बसेका छन् । स्मरणीय कुरा के छ भने प्रशासक चौधरीको तर्फबाट घुस रकमको लेनदेन गराउने मूख्य विश्वास पात्र नै रविन्द्र झा भएको एक जना महन्थले डायरी एक्सप्रेस साप्ताहिकलाई बताए ।


भारतीय नागरिक झाले मटिहानी राजगुठी अन्तर्गतको रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर ३ स्थित राम जानकी मठको ४१ बिघा जग्गा र यसबाट आएको आम्दानी समेत हिनामिना गरेको स्थानीयका उजुरीमा उल्लेख गरिएको छ ।


यस अघि मान महन्थ जगन्नाथ दासलाई प्रशासक नारायण चौधरीले काठमाडौंको कालोपुलमा रहेको घरमा बोलाएर घुस मागेको एक जना स्थानीयले खुलासा गरे । घुस नदिएपछि उनलाई महन्थबाट हटाउने धम्की दिएका थिए । त्यसपछि मान महन्थले एक जना साधुसँग घुस माग्ने भन्दै श्राप दिए । महन्थ जगन्नाथ दास वैष्णवले श्राप दिएका कारण चौधरी आफै घुस काण्डमा पछुताउँदै हिरासतमा बस्नु परेको एक जना साधुले दाबी गरे ।


झाको अवैद्य सम्पत्ति भारतको पैत्रिक घरमा


अवैद्य रुपमाा कमाएको रबिन्द्र नाथ झाले भारत बिहारको मधुवनीमा विशाल घर बनाएका छन् । १७ वर्ष अघि दुई छाक खानका लागि संघर्षरत झा अहिले भारतमा खरिद गरेको २८ लाखको गाडी चढ्ने गरेका छन् । उनको अवैद्य सम्पत्तिको कसैले छानबिन गरेको छैन । आफुलाई राजनीतिक दलका नेता र प्रशासकको आर्शिवाद पाएको हुँदा कसैले पनि केहि गर्न नसक्ने उनले बताउँदै आएका छन् । त्यसैकारण जिल्लामा उनको रवाफको अगाडि सामान्य जनताहरु निरिह बन्ने अवस्था छ ।


चौधरीको रिस निर्दोसमाथि प्रहार


घरमा बोलाउँदा पनि घुस नदिएको झोकमा निलम्बित गुठी प्रशासक नारायण चौधरीले मान महन्थ जगन्नाथ दासको आफ्नो निजी आर्जनबाट पटवारी व्यवस्था भएकै बेलामा हर्नैया बस्ने सिंहराज थारुबाट २०२५ साल भाद्र ३१ गते खरिद गरेको एक बिघा ११ कठ्ठा १० धुर, साथै बेचु अहिरसँग २०२६ साल जेठ ८ गते खरिद गरेको १ विघा ५ धुर, सोहि ठाउँ बस्ने फौजदार अहिरसँग २०२५ साल जेठ २९ गते खरिद गरेको ३ विघा १९ कट्ठा ११ धुर जग्गा जग्गाधनी जगन्नाथ दासलाई जानकारीसमेत नदिई सबुत प्रमाण बिनै बदर गर्न भनि मालपोत कार्यालयमा रुपन्देहीमा पत्रचार गरेका थिए । उनलाई घुस नदिएकै कारणले बर्खास्त गरी निजी जग्गासमेत दर्ता बदर गर्न पत्रचार गरेका हुन् । चौधरीले आफ्नो निजी कर्मचारी जस्तै कानून हातमा घुस नदिएकै कारण महन्थ जगन्नाथलाई निलम्बन गरेका थिए ।


स्थानीयहरुले दिए मन्त्रीलाई उजुरी


स्थानीय सियारी गाउँपालिकाका वडा नम्बर ३ रुपन्देहीका जनताले नक्कली नेपाली वंशजका नागरिक रबिन्द्र नाथ झा उर्फ रबिन्द्र दास वैष्णव विरुद्ध भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई उजुरी दिएका छन् ।


यसै विषयमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता जनकराज जोशीसँग भारतीय नागरिकलाई किन महन्थमा नियुक्ति गरियो भनेर प्रतिक्रिया माग्दा उनले उजुरी दिएको खण्डमा छानविन अगाडि बढाइने बताए ।

भारतीय नागरिकता


झाका अनियमितताका फेरहस्तिहरु


भैसाखादर मठको ४० बिघा जमिनको प्रति बिघा ४० हजारका दरले आउने आम्दानी २०५९ साल देखि २०७६ सालसम्म नै पारदर्शी नगरिएको स्थानीयहरुको भनाई छ । साथै भैसाखादर स्थित राम जानकी मठको निर्माण र मर्मत सुधार कार्यका लागि पटक पटक प्राप्त रकम सार्वजनिक गरिएको छैन । स्थानीय गाउँपालिका जनताहरु वडा भेला गरेर गुठी संस्थानबाट हालसम्म कति रकम अनुदान बापत प्राप्त भएको छ ?

भनि प्रश्न गर्दा तपाईहरुको क्षेत्राधिकार भन्दा बाहिरको कुरा किन गर्नु भयो भन्दै धम्की दिएर गुठीका प्रशासक र जग्गा शाखा प्रमुखलाई सोध्नु भन्दै पन्छिएका थिए । मठमा ब्यापक भ्रष्टाचार भएको विषयमा मन्त्रालयमा उजुरी गर्दा गुठी संस्थानलाई नै लेखेर पठाइएको बताइयो । तर, तत्कालिन प्रशासक नारायण चौधरीले कारबाही गर्न आनाकानी गरेको स्थानीयको आरोप छ ।


डायरी एक्सप्रेस साप्ताहिकबाट साभार

सिफारिस