
दियोपोस्ट संवाददाता
पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ विवादमा तानिएका छन् । मुख्य मन्त्रीको कार्यालय भित्रै मदिरा पार्टी चलाएको तस्विर सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका हुन् । 
नेकपाबाट निर्वाचित मुख्य मन्त्री गुरुङ प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यक्ति हुन् । उनले आफ्नो कार्यकक्षमै मदिरा गिलासमा राखेको र पिउँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

गुरुङले मदिरा पिउँदै गर्दा उनको छेउमा राष्ट्रपति विद्यादेवि भण्डारीको तस्विर समेत छ ।

यस विषयमा गुरुङसँग प्रतिक्रिया लिन उनको मोबाइलमा फोन गर्दा उनको मोबाइल अफ छ ।