कृष्ण आङदेम्बेको नक्कली रक्सीको धन्दाका कारण नेपाली महिला मलेशियन जेलमा बिचल्ली !

दियो पोस्ट  

मलेशिया,११ फागुन । मलेशियामा लालीगुराँस रेष्टुरेन्ट सञ्चालन गर्दै आएका झापा दमक स्थायी घर भएका कृष्ण आङदेम्बेका कारण एक मजदुर विगत लामो समयदेखि जेल जीवन विताउन बाध्य छन् ।


उक्त रेष्टुरेन्टमा नक्कली रक्सीको धन्दा चलाउँदै आएका आङदेम्बेका कारण जेल परेका एक मजदुर भने रिहा भएर नेपाल फर्किएका छन् । गत मंसिरमा कृष्णको कोतराया स्थितको लालीगुराँस रोष्टुरेन्टमा मलेशीयन ‘कस्टम’ले शंकाको आधारमा छापा मार्दा नक्कली रक्सी बेचेको खुलाशा भएको हो ।

तीन वर्षअघि कृष्ण नै संचालक रहेको मलेसियाकै बटुपहाडको लालीगुराँस रेष्टुरेन्टमा पनि मलेसीयन ‘कस्टम’ले छापा मारी सबै रक्सि र काम गर्ने कर्मचारीलाई पक्राउ गरेको थियो तर दुःखद कुरा के भने संचालकलाइ पक्राउ गर्न नसकेपछि त्यहाँको कामदार कुलविक्रम नेम्वाङ मात्रै पक्राउ परे । जेल सजाय भोगेका नेम्वाङ यतिबेला नेपाल फर्किसकेका छन् ।


बटुपहाडमा रहेको लालीगुराँस रेष्टुरेन्टमा मलेसीयन कस्टमले दुई नम्बरी रक्सी बेचेको आरोपमा फेरि छापा मारेर रेश्मा लिम्बु पक्राउ गर्यो । रेष्टुरेन्टका मालिक आङदेम्बेको नातेदार समेत रहेकी उनलाई हालसम्म पनि निकाल्ने पहल नगरेको पाइएको छ ।

गत मंसिरमा प्रहरीले संचालक कृष्णको पासपोर्ट समेत जफत गरेर लगेको थियो । ती महिलालाई निकाल्न पहल गर्नुको सट्टा नेम्वाङले उनकै पतिलाई रेष्टुरेन्टको रेखदेख गर्न लगाएको खुलेको छ ।


‘निकाल्ने पहल गर्दैछु अदालतले एक लाख ३० हजार रिंगेट मागेको छ’


दियोपोस्टको सम्पर्कमा आएका रेष्टुरेन्टका मालिक कृष्ण आङदेम्बेले आफू रेश्मालाई निकाल्ने पहलमा लागि रहेको बताए । ‘रेश्मालाई निकाल्ने पहलमा म लागि रहेको छु । आगामी २६ तारिखमा सुनुवाई हुँदैछ । अदालतले एक लाख ३० हजार रिंगेट मागेको छ ।’

मलेसियामा कृष्ण आङ्दावेको नक्कली रक्सीको डरलाग्दो धन्दा : नेपाली मजदुर सबै जेलमा !

मलेशियामा नक्कली रक्सीको धन्दा चलाउने कृष्णको स्विकार : ‘हो, मजदुर जेल परेका छन्’