
दियोपोस्ट संवाददाता,
मलेशिया, ३० मंसिर । नक्कली रक्सी बेचेको अभियोगमा मलेशियन कस्टमको छानबीनमा रहेका मलेशियामा कार्यरत नेपाली नागरिक कृष्ण आङ्दाम्बेले आफ्नै रेष्टुरेन्टमा कार्यरत दुई नेपाली जेल परेको र आफ्नो रेष्टुरेन्टमा छापा हानेको स्विकार गरेका छन् ।
झापाको दमक स्थायी घर भएका कृष्ण आङदाम्बेले मलेसियामा लामादेखि नक्कली रक्सी बेचेर अवैध धन्दा चलाउँदै आएको विषयमा दियोपोस्टले समाचार प्रकाशन गरेको थियो । मलेशियास्थित कोतराया लालीगुराँस रोष्टुरेन्टमा मलेशीयन ‘कस्टम’ले शंकाको आधारमा छापा मार्दा नक्कली रक्सी बेचेको खुलेको थियो ।
‘छानबीनका लागि परेको हो । कृष्ण बहादुर आङ्दाबेले मात्रै यस्तो काम गरेको होइन,’ उनले दियोपोस्टसँग भने,‘काम गर्न राखेको मान्छे उ आफै गल्तीले जेल परेको हो । त्यो म कसरी जिम्मेवार हुनसक्छु ।’
शुरुमा उनले आफ्नो परिचय नै ढाँटेर फोन गरेका थिए । तर, अन्तिममा भने आफू आङ्दाबे नै भएको र आफ्नो बारेमा मलेशियन सरकारले छानबीन गरिरहेको स्विकार गरे ।
मलेसियाकै बटुपहाडको लालीगुराँस रेष्टुरेन्टमा पनि मलेसीयन ‘कस्टम’ले छापा मारी सबै रक्सि र काम गर्ने कर्मचारीलाई पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेका कुलविक्रम नेम्वाङ यतिबेला जेलमै छन् । उनले आफूले नेम्वाङलाई भने रकम दिएको बताए ।
‘म आफ्नो परिश्रम गरेर खाने मान्छे हो । कुल विक्रम आफ्नै मान्छे हो । म कसरी फसाउँथे र उ आफ्नै गल्तीको कारण परेको हो,’ उनले भने,‘मैले सबै ब्यहोरेको छु ।’
यद्धपी एक पारिवारिक सदस्यका अनुसार जेलमा रहेको कुल विक्रम र रेश्मालाई उनले निकाल्ने प्रयास समेत गरेका छैनन् ।
केहि दिन पहिले बटुपहाडको सोही रेष्टुरेन्टमा मलेसीयन कस्टमले दुई नम्बरि रक्सी बेचेको आरोपमा फेरि छापा मारेर रेश्मा लिम्बु नाम गरेकी कामदारलाई समातेर पक्राउ गरेको थियो । उनीहरुलाई चार वर्ष जेल सजाय तोकी सकेको छ ।
त्यसरी साहुले गल्ती गर्ने अनि कर्मचारीलाइ जेल पठाउने भनेर मलेसीयाभरी नेपाली कामदारहरुले तिब्र विरोगरेका थिए । संचालक कृष्णको पासपोट समेत लालिगुराँस रेस्टुरेन्टमा छापा मार्दा मलेसियन कस्टमले जफत गरेर लगेको थियो ।
‘यो विषयमा एक पत्रकारसँगसँग पनि मेरो कुरा भएको थियो । उहाँले समाचार छापिदिनु भएन,’ आङ्दाबेले दियोपोस्टसँग भने,‘म आफै मिलाउन लागि रहेको छु । पीडितलाई राहत दिन लागि रहेको छु । अहिले नै हतार गरेर समाचार किन छाप्नु भएको ? म आफै पीडित भएको छु ।’
पछिल्लो समय मलेशियामा नक्कली मदिराका कारण दर्जनौँ नेपाली मजदुरको मृत्यु हुने गरेको छ ।