पूर्व डिएसपीको गाडी ठगी गर्ने एमान तामाङ पक्राउ : मिटर ब्याजको धन्दामा समेत संलग्न !

- दियोपोस्ट  

काठमाडौं । आपराधीक लाभ र विश्वासघात गरेको अभियोगमा काभ्रे घर भएका एमान तामाङ पक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।
तामाङले शंखमुलमा सुनपसल सञ्चालन गरि बस्ने एक व्यक्तिलाई २० लाख रुपैयाँ ऋण दिएर १ करोड ४१ लाख रुपैयाँ भन्दा बढी मिटरब्याज असुली गरेको र थप ९८ लाख भन्दा बढी चेक बाउन्स गराएर धम्काउँदै रकम असुली गरेको अभियोग छ ।

काभ्रेको साविक भिमपोखरी गाविस वडा नम्बर २ घर एमान  विभिन्न आपराधिक घटनामा समेत संलग्न भएको खुलेको छ । उनीबाट नेपाल प्रहरीका एक पूर्व डिएसपी नै पीडित भएको खुलेको छ । ती पूर्व डिएसपीको गाडी नै ठगी गरेर उनले उल्टै ती डिएसपीको पत्नीलाई प्रहरी चौकीमा थुनाएको अभियोग छ ।

काठमाडौं प्रहरी स्रोतका अनुसार उनलाई शुक्रबार नै पक्राउ गरिएको हो ।