पावरप्लेमा २ विकेट गुमाएर नेपालले बनायो ४२ रन

दियो पोस्ट  

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा २ विकेट गुमाएर ४२ रन बनाएको छ।

नेपालले दुबै ओपनर गुमाए पनि कुशल मल्ल र कप्तान रोहित पौडेलले नेपाली इनिङ्स सम्हालीरहेका छन्।

ओपनर आसिफ शेखले १४ बल खेलेर ६ रन बनाएर आउट भए। अघिल्लो खेलम पिएनजीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताएका शेख आज सुरूआतमै आउट भएका हुन्।

यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २६ बल खेलेर ११ रनमा आउट भए। उनले २ चौका प्रहार गरेका हुन्।

अहिले क्रिजमा कुशल मल्ल र कप्तान रोहित पौडेल ब्याटिङ गरिरहेका छन्।