काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरिक्षक एआइजीमा बढुवा भएका ५ जना प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह फूली लगाइदिएको छ ।
प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहको हातबाट फूली थापेका उनीहरुले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर बधाई समेत लिन भ्याइसकेका छन् । बढुवा भएका मध्ये चौथो नम्बरमा रहेका चौथो नम्बरमा रहेका एआइजी श्यामलाल ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीनको घेरामा राखेको छ । उनले जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सोही उजुरीबारे अख्तियारले गृहमन्त्रालयलाई पत्राचार गरि थप कागजात माग गरेको छ । उनी प्रहरी सेवामा प्रवेश गर्दा नै किर्ते कागजात पेश गरेको अख्तियारको संकेत छ ।
अख्तियार दुरुपयोग अनुसान्धान आयोगले डिआईजी सोमबार मात्रै आईजी बढुवा निर्णयमा परेका श्यामलाल ज्ञावालीको नागरिता र उमेर विवादमा सम्वन्धमा आवश्यक छानबिन थालेको पत्र भेटेको छ ।
अख्तियारको पत्रलाई वेवास्ता गर्दै गृहले सोमवार क्याबिनेटमा ज्ञवाली लगायतका ५ जनाको नाम डिआईजिमा बढुवा गर्ने प्रस्ताव गरेको थियो । अख्तियारको पत्र ठाडो उलंघन गरेर एआइजी ज्ञवालीलाई बढुवा गरिएको घटनाले सरकारप्रति आशंका बढेको छ ।
स्रोतका अनुसार अख्तियारको पत्र उलंघन गरेर भएपनि ज्ञवालीलाई बढुवा गर्न प्रधानमन्त्रीका आफन्त र नातागोतालाई मोटो रकम बुझाइएको छ । प्रधानमन्त्री निकट केही पात्रहरुको सन्देहस्पद चलखेलका कारण उनको बढुवा भएको स्रोत बताउँछ ।