नेपालले पावरप्लेमा लियो नामिबियाविरुद्ध दुई विकेट

दियो पोस्ट  

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध दोस्रो इनिङको पहिलो पावर प्लेमा दुई विकेट लिएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ६ ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । नेपाललाई सोमपाल कामी र करण केसीले सफलता दिलाएका हुन् ।

नामिबियाका माइकल भान लिन्गेन १० र मलान क्रुजर तीन रन थपेर पभेलियन फर्किए ।