एकै ओभरमा नेपालले गुमायो २ विकेट, रोहित र गुल्सन मैदानमा

त्रिकोणात्मक टी-२० आई सिरिज

दियो पोस्ट  

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले एकै ओभरमा २ विकेट गुमाएको छ । नेपालले तेस्रो ओभरमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको हो ।

२.३ ओभरमा भिभिएन किग्माको बलमा क्याचआउट हुनुअघि कुशल भुर्तेलले ८ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाएर आउट भए ।

त्यसपछि त्यसै ओभरको पाचौं बलमा आसिफ शेख बोल्ड आउट भए । जम्मा ८ बल खेलेका उनले एक चौकाको मद्दतमा ८ रन बनाए ।

उनीहरु आउट भएपछि क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा आएका छन् ।