मिडफिल्डर प्रिति राईको घुँडाको शल्यक्रिया, ३ महिनापछि मात्रै मैदान फर्कने

दियो पोस्ट  

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर प्रिति राईको घुँडाको शल्यक्रिया गरिएको छ। उनको बी एन्ड बी अस्पतालमा सोमबार शल्यक्रिया गरिएको हो।

नेपाली टिमका अनुसार उनको मेनिस्कस टियर भएको हो। यो शल्यक्रिया गरेर फिजियो र रिह्याव गरेपछि तीन महिनापछि मैदान फर्कन सकिन्छ।