काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी– २० सिरिजअन्तर्गत फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको छ।
नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्यो।
अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई ७ रन चाहिएको थियो भने उसको ४ विकेट बचेको थियो। नेपालका लागि करण केसीले बलिङ गर्दा नेदरल्यान्ड्सका भान डेर मर्वी र भान डेर गुटेन ब्याटिङमा थिए। पहिलो बलमा मर्वीले १ रन दिँदा दोस्रो बल चौका भयो। तेस्रो बल छक्का हुँदा नेदरल्यान्ड्सले सिरिजको उपाधि जित्यो।
१६औं नेपालका अभिनास बोहराले नेदरल्यान्ड्सका विक्रमजित सिंहलाई २९ रनमा आउट गरेपछि नेपालको आसा बढेको थियो। तेस्रो विकेटका लागि साइब्रान्डसँग ५० रनको साझेदारी गरेका सिंहलाई अभिनासले कुशल मल्लबाट क्याच गराएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।