काठमाडौं । योग्यता नपुग्दा नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा काठमान्डु विश्व विद्यालयको उपकुलपति बन्ने दौडमा रहेका मनार्थ प्राध्यापक अच्युत प्रसाद वाग्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।
काठमाडौं विश्व विद्यालयका रेक्टर र दिक्षान्त समारोह समितिको संयोजक समेत रहेका उनलाई फेल भएका विद्यार्थीलाई दिक्षित गराएको भन्दै अख्तियारले सोमबार बयान लिएको हो ।
स्नातक फेल भएर बसेका विद्यार्थीलाई कांग्रेस कोषाध्यक्ष तथा लिटिल एन्जल्स स्कुलका मालिक उमेश श्रेष्ठको सिफारिसको आधारमा दिक्षित गराएको अभियोगमा उनलाई अख्तियारले बयान लिएको हो ।
गत मंसिर २९ गते भएको केयुको दिक्षान्त समारोहमा स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत पूर्ण नभएको र बीचमै अध्ययन छाडेर गएकाहरुको नाम ग्रेष्टलिस्टमा परेपछि छानबीन समिति समेत बनाइएको थियो । स्कुल अफ ल का प्रा.डा ह्षिकेश वाग्लेको संयोजकत्वमा समिति समेत बनाइएके थियो ।
प्रा.डा वाग्ले परिक्षा समितिको अध्यक्ष समेत रहेको समयमा यो घटना भएको थियो ।