काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सुटुक्क भारत प्रस्तान गरेका छन् । उनको भारत भ्रमणलाई रहस्यमयी रुपमा हेरिएको छ । राष्ट्रिय सभाबाट पारित हुनुपर्ने भूमि सम्बन्धी बाहेकको अध्यादेश स्विकृत गर्ने सहमति गरेपछि उनी सुटुक्क भारत भ्रमणमा गएका हुन् ।
जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनले फागुन २१ गते यादव भारत गएको स्विकार गरे । एउटा विवाहमा सहभागी हुन उनी भारत गएको उनको जिकिर छ । तर, सरकारमा सहभागी हुनका लागि छलफल गरिरहेको यादव नेतृत्वको दल ५ दिनदेखि भारतमा रहँदा उनले गोप्य भेटघाट गरिरहेको स्रोतको भनाई छ ।
राष्ट्रिय सभामा तीन सदस्य रहेको यो पार्टीका कारण अध्यादेश नै पारित हुन नसकेपछि सत्तारुढ दलले यादवसँग विभिन्न उधारो सहमति गरेका छन् । स्रोतका अनुसार जसपा नेपालका बरिष्ठ उपाध्यक्ष राजकिशोर यादवलाई मन्त्री बनाउने गरि वार्ता समेत भइरहेको छ । अध्यादेश पारित गर्नका लागि जसपाले २ वटा मन्त्री दिनुपर्ने सर्त राखेको थियो ।