धादिङ । धादिङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठको जीत सुनिश्चित भएको छ ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार रमेश प्रसाद धमला भन्दा उनको मतान्तर ६ हजार ३ सय ७९ बढी छ । अब गन्न बाँकी मत निलकण्ठ नगरपालिकाको वडा नम्बर १२, १३ र १४ जम्मा ५ हजार ४ सय ९७ मत मात्रै रहेको छ । गन्न बाँकी मत भन्दा श्रेष्ठको अग्रताको मत बढि भएका कारण उनको जीत निश्चित भएको हो ।
पछिल्लो मत गणना अनुसार श्रेष्ठले २४ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् भने धमलाले १७ हजार ९ सय ७३ मत प्राप्त गरेका छन् ।