प्रेम राईको हत्या गर्ने धम्की दिने पाठकसँग जाेडिएकाे भन्दै बयान !

प्रेम राईको हत्या गर्ने धम्की दिने गिरोहसँग मेरो चिनजान छैन, मिडिया ट्रायल भयो :नविन बस्नेत

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईसहित अधिकारीको हत्या गर्ने धम्की दिने गिरोहका प्रमुखसँग नागरिक उडयन प्राधिकरणकै कर्मचारी र एक व्यक्तिकाे सम्बन्ध रहेको खुलेको छ ।
फिलिपिन्सको अध्यागमन ब्युरो मार्फत पक्राउ परि नेपाल ल्याइएका उग्रवादी संगठन नेपाल (ईजिएन)का प्रमुख बताउने प्रकाश पाठकले दिएको बयानका आधारमा नागरिक उडयन प्राधिकरणकै उच्च अधिकारी समेत छानबीनमा तानिएका हुन् ।
हाल काठमाडौं प्रहरीको हिरासतमा रहेका पाठकलाई तत्कालिन महानिर्देशक प्रदिप अधिकारीको निर्देशनको आधारमा रकम जम्मा गरिदिएको भन्दै तत्कालिन पोखरा विमानस्थलको आयोजना प्रमुख समेत रहेकी चाँदमाला श्रेष्ठ अनुसन्धानमा तानिएकी छिन् । उनलाई प्रहरीले बयान लिने तयारी गरेको छ ।
त्यस्तै सुचना अधिकारी रहेका ज्ञानेन्द्र भूललाई पनि प्रहरीले सोधपुछ गरेको छ । भूलका अनुसार वेभसाइटमा उल्लेखित ईमेल मार्फत तत्कालिन महानिर्देशक प्रदिप अधिकारीलाई ईजिएनका संयोजक बताउने प्रकाश पाठकले धम्की दिएका थिए । सोही धम्कीको विषयमा सामान्य सोधपुछ गरिएको भूलले दियोपोस्टलाई बताए । ‘प्रदिप अधिकारीलाई पैसा माग्ने उद्देश्यले सुचना अधिकारीको ईमेलमा धम्कीपूर्ण सन्देश आएको थियो । अहिले पक्राउ परेको समुह नै हो भन्ने अहिले आएर थाहा भयो । त्यही विषयमा समान्य सोधपुछ मात्रै हो,’ भूलले दियोपोस्टसँग भने,‘त्यो सामान्य विषय हो । धम्की आएको हो होइन भनेर जानकारी लिन खोज्नु भएको रहेछ । मैले यथार्थ बताएर आएको छु ।’
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा नागरिक उडयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदिप अधिकारी हाल कारागर छन् । उनी अख्तियारको हिरासत पर्नुअघि नै उग्रवादी संगठनको प्रमुख बताउने प्रकाश पाठकले अख्तियारका प्रमुख आयुक्त राईसहित १० व्यक्तिलाई हत्या गर्ने धम्की दिएका थिए । धम्की दिने पाठक र अधिकारीबीच सम्बन्ध रहेको भन्दै विभिन्न संचार माध्यममा खबर आएको थियो ।

‘प्रेम राईको हत्या गर्ने धम्की दिने पाठकसंग बिचौलिया नविन बस्नेतको कनेक्सन, २ जनाको बयान’ भन्ने शिर्षक प्रति मेरो गंभिर आपत्ति छ,’ बस्नेतले खण्डन प्रेसित गर्दै भनेका छन्,‘प्रकाशित समाचारले मेरो अपुरणीय क्षति भएको छ । म सामान्य परिवारबाट आएर काम गरि रहेको ब्यक्ति हुँ । म निर्माण सम्वन्धि काम गर्छु । निर्माणकै कामको शिलशिलामा प्रदिप अधिकारीसंग भेटघाट भएको हो । तर समाचारमा आए जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको ‘हत्या’ गर्ने धम्की दिने गिरोहसंग कुनै पनि चिनजान, सम्वन्ध, देखभेट समेत भएको छैन । हुँदै नभएको विषयमा मेरो तस्बिर समेत प्रयोग गरि अनावश्यक लान्छना लगाई मिडिया ट्रायल गरेको प्रति खेद प्रकट गर्दछु ।

प्रदिपकै योजनामा अख्तियारमा विचाराधिन मुद्दालाई प्रभावमा पार्ने उद्देश्यले ज्यान मार्ने धम्की दिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार तत्कालिन प्रधानमन्त्री केपी ओली निकट रहेका उनलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले ती व्यक्ति मार्फत पाठकलाई प्रयोग गरेको स्रोत बताउँछ ।उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भएता पनि तत्कालिन प्रधानमन्त्री ओलीको निकट भएका कारण प्रहरीले बाहिरै राखेर अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा प्रहरीले विभिन्न व्यक्तिमाथि अनुसन्धान गरिरहेको खुलेको छ ।

 

प्रेम राईको हत्या गर्ने धम्की दिने गिरोहसँग मेरो चिनजान छैन, मिडिया ट्रायल भयो : नविन बस्नेत

यसैबीच समाचार प्रकाशित भएपछि नविन बस्नेतले खण्डन गरेका छन् । उनले प्रकाशित समाचारमा भनिए जस्तो प्रेम राईको हत्या गर्ने गिरोहसँग आफ्नो कुनै चिनजान, देखभेट नभएको र आफ्नो विषयमा हुँदै नभएको समाचार प्रकाशन भएको बताए । प्रकाशित समाचारले आफ्नो ख्याती खतरामा परेको र प्रतिष्ठामा आँच आएको उनको भनाई छ ।

‘प्रेम राईको हत्या गर्ने धम्की दिने पाठकसंग बिचौलिया नविन बस्नेतको कनेक्सन, २ जनाको बयान’ भन्ने शिर्षक प्रति मेरो गंभिर आपत्ति छ,’ बस्नेतले खण्डन प्रेसित गर्दै भनेका छन्,‘प्रकाशित समाचारले मेरो अपुरणीय क्षति भएको छ । म सामान्य परिवारबाट आएर काम गरि रहेको ब्यक्ति हुँ । म निर्माण सम्वन्धि काम गर्छु । निर्माणकै कामको शिलशिलामा प्रदिप अधिकारीसंग भेटघाट भएको हो । तर समाचारमा आए जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको ‘हत्या’ गर्ने धम्की दिने गिरोहसंग कुनै पनि चिनजान, सम्वन्ध, देखभेट समेत भएको छैन । हुँदै नभएको विषयमा मेरो तस्बिर समेत प्रयोग गरि अनावश्यक लान्छना लगाई मिडिया ट्रायल गरेको प्रति खेद प्रकट गर्दछु ।’

उनले प्रशासनले आफ्नो संलग्ता देखिए कारबाही गर्न स्वतन्त्र रहेको भन्दै मिडियामा प्रकाशित समाचारको खण्डन गरेका छन् । ‘अनुसन्धान गर्ने निकायले मेरो सम्पर्क सम्बन्ध हत्या धम्की दिने गिरोहहरुसंग देखिए तथ्य प्रमाणका आधारमा मुद्धा अभियोजन गर्ने अधिकार कायम छ,’ उनले भनेका छन्,‘तसर्थ, प्रकाशित समाचारले मेरो ख्याती, इज्जत, प्रतिष्ठामा आँच पुर्याउने भएकाले प्रकाशित समाचारको खण्डन प्रकाशित गरिदिनु हुन अनुरोध छ ।’

* नेपाल प्रहरी र सरकारी वकिल कार्यालयकाे बयानमा मुख्य अभियुक्त भनिएका प्रकाश पाठकले बस्नेतसँग चिनजान समेत नभएकाे भनि बयान दिएकाे भेटिएपछि उनकाे नाम हटाइएकाे छ ।

सिफारिस