खाना पकाउने ग्याँसमा २ सय १६, डिजेलमा ५४ र पेट्रोलमा ३१ रुपैयाँ मुल्यवृद्धि

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ईन्धनको भाउमा भारी मात्रामा वृद्धि गरेको छ । आयल निगमले आज चैत्र १ गते सार्वजनिक गरेको प्रेस वक्तव्य अनुसार पछिल्लो समय मध्यपूर्व र एशियामा देखिएको युद्धका कारण खाना पकाउने ग्याँस, पेट्रोल र डिजलमा भारी मात्रामा मुल्यवृद्धि गरेको हो ।

सार्वजनिक भएको मुल्य सूचि अनुसार पेट्रोल १ सय ५७ बाट ३१ रुपैयाँ बढेर १ सय ८८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजल १४२ रुपैयाँबाट ५४ रुपैयाँ बढेर १९६ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपि ग्याँस १९१० बाट २ सय १६ रुपैयाँ बढेर २१ सय २६ पुगेको छ ।
निगमले भारतीय आयल निगमलाई २४ अर्ब भुक्तानी दिन बाँकी रहेको उल्लेख गरेको छ ।

निगमले सार्वजनिक गरेकाे सुचना अनुसार पहिलाे पत्रमा कायम हुनुर्ने मुल्यवृद्दि गरेकाे देखिन्छ तर, उपभाेक्ताका लागि भने २०८२ चैत्र २ गतेदेखि लागु हुनेगरी  पेट्राेल प्रति लिटर १ सय ७२ र मट्टितेल प्रति लिटर एक सय ५२ रूपैयाँ पुर्याएकाे छ । निगमकाे सुचना स्पष्ट भने देखिँदैन ।

सिफारिस