फेक रेस्क्यु काण्ड: मुख्य नाइकेलाई सरकारी वकिलको ‘उन्मुक्ति’, अनुसन्धानमाथि नै राजनीतिक प्रहार

दियोपोस्ट संवाददाता  

काठमाडौं- हिमाली पर्यटनको साख गिराउने र विदेशी पर्यटकको बिमा रकममा गिद्धे दृष्टि लगाउने ‘फेक रेस्क्यु’ धन्दाका मुख्य योजनाकारलाई सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको छ। 

३३ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीले सिफारिस गरे पनि सरकारी वकिलले ३२ जनालाई मात्र प्रतिवादी बनाएर मुख्य नाइके मानिएका राजेन्द्रबहादुर सिंहलाई चोख्याउने काम गरेको हो। उनलाई  पक्राउ गरेरै सिआइबीले कारबाही प्रक्रिया अघि बढाएको थियो।

तर, सरकारी वकिल कार्यालयको निर्णयमा भनिएको छ, “पक्राउ परेका प्रतिवादी राजेन्द्रबहादुर सिंहको हकमा हालसम्मको अनुसन्धानबाट प्रस्तुत कसुरमा संलग्न रहेको साथै कुनै लाभ लिएको नखुलेको हुँदा निजको हकमा हाललाई मुद्दा नचलाउने गरी निर्णय गरिएको हुँदा निकाशा भई आएबमोजिम गरिनेछ।’ 

शक्तिकेन्द्रको चलखेलमा उनले उन्मुक्ति पाएको स्रोतले बताउँछ। उनले सीआइबीको अनुसन्धानलाई प्रभावित पार्ने गरि विचौलियाको भूमिका निभाएका थिए । फेक रेस्क्यु धन्दामा संलग्नहरूलाई जोगाउने नियतले नागरिक उडयन प्राधिकरणसँग मिलेमतोमा गलत तथ्यांक दिलाउने भूमिकामा समेत सिंह थिए । 

उनले प्रक्रिया पूरा गरेर ठगी गर्न सिकाउनेदेखि पछि प्रमाण लुकाउनेसम्म चलखेल गरेका थिए। 

त्यतिमात्रै होइन, सिंहले फेक रेस्क्यु धन्दा गर्नेहरुको पक्षपोषण गरि समाचार सामग्री प्रकाशन गर्न नागरिक दैनिक र सम्पादक गुणराज लुँइटेललाई प्रयोग गरेको अनुसन्धानबाट देखिएको सम्बन्धमा दियोपोस्टले यसअघि समाचार प्रकाशित गरेको थियो ।

सिंह माउण्न्टेन तथा सिम्रिक एयरका पूर्वमहाप्रबन्धक हुन्।

यी हुन् ३२ प्रतिवादी 
१.मुक्ति पाण्डे- एभरेस्ट एक्सिपिरियन एन्ड असिसटेन्स प्रालि
२.सुवास केसी -एभरेस्ट एक्सिपिरियन एन्ड असिसटेन्स प्रालि
३.विवेक पाण्डे- माउन्टेन रेस्क्यु सर्भिस
४.जयराम रिमाल -मान्टेन रेस्क्यु सर्भिस
५.विवेकराज थपलिया -नेपाल चार्टर सर्भिस प्रालि
६.रवीन्द्र अधिकारी- नेपाल चार्टर सर्भिस प्रालि
७.डा.गीर्वाणराज तिमल्सिना- श्रीद्धि इन्टरनेसनल अस्पताल
८.डा.मिनल्मा पाण्डे- स्वाकन इन्टरनेसनल अस्पताल
९.श्याम सुन्दर कँडेल- स्वाकन इन्टरनेसनल अस्पताल
१०.सन्दीप ढुंगाना- हिमालयन मार्स्टर्स एडभेन्चर्स
११.सन्दीप तिवारी-रोयल होलिडे एडभेन्चर
१२.शान्तकुमार बाँनिया- म्याजिक हिमालय ट्रेक
१३.विनोद सापकोटा-नेपाल ट्रेक एडभेन्चर
१४.जीवन पाण्डे- एरा इन्टरनेसनल अस्पताल
१५.भानु ढकाल- एरा इन्टरनेसनल अस्पताल
१६.फुर्वा छिरिङ शेर्पा-एरा इन्टरनेसनल अस्पताल  १७.ममिता भट्ट एरा इन्टरनेशनल अस्पताल
१८.चुङला शेर्पा- एरा इन्टरनेसनल अस्पताल
१९.पासाङ शेर्पा- पानोराम हिमालय ट्रेकिङ
२०.तेन्जिङ शेर्पा- पानोराम हिमालय ट्रेकिङ
२१.पासाङ दावा शेर्पा-अल्टिच्युट एयर
२२.बद्री लम्साल -स्प्रिच्युअल एक्सकर्सन
२३.कवीन्द्र लम्साल- स्प्रिच्युअल एक्सकर्सन
२४.विष्णुप्रसाद लम्साल- नेपाल हाइकिङ एडभेन्चर
२५.सन्दीप भण्डारी-माउन्टेन हेलिकोप्टर
२६.प्रकाशबाबु दाहाल-मनाङ एयर
२७.चन्द्रप्रसाद प्याकुरेल- अल्टिच्यूट एयर
२८.कुमार भण्डारी- नेपाल रेस्क्यु एण्ड असिसटेन्स
२९.खोमराज अधिकारी- नेपाल चार्टर सर्भिस
३०.गणेश सिलवाल- एरा इन्टरनेशल अस्पताल
३१.श्रीराम केसी स्वाकन-अस्पताल(पूर्वसञ्चालक)
३२.रामकुमार फुयाल -वल्र्डवाइड असिसटेन्स प्रालि