केपी ओलीलाई पक्राउ गर्न निवासमा प्रहरी, कार्यकर्ताले ढोका थुनेर राखे ओलीलाई !

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा बालबालीका हत्याको आरोपी केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी गुण्डुस्थित उनको निवास पुगेको छ ।
रातभरको विभिन्न प्रक्रिया पुरा गरेपछि ओलीलाई पक्राउ गर्न प्रहरी टोली त्यहाँ पुगेको हो । जरुरी पक्राउ पुर्जीको आधारमा उनलाई पक्राउ गर्न लागिएको हो । पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोगले ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक लगायतमाथि फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो । ओलीका कार्यकर्ताहरुले उनलाई ढोकाथुनेर राखेको छ ।

सिफारिस