एमाले नेता कर्ण बहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता एवम पूर्व संविधान सभा सदस्य कर्णबहादुर मल्ल बलात्कार सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिला केही समयअघि माइतीघरमा अनशन पनि बसेकी थिइन् ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अहिले मल्ललाई हिरासतमा राखेर घटनाबारे थप सोधपुछ र कानुनी प्रक्रिया सुरु गरेको छ।

सम्बन्धित खबर