काठमाडौं, फागुन २४ नेपाली कांग्रेसको १३औ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। आफ्ना प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापतिमा विजयी भएका हुन् ।
सोमबार भएको दोस्रो चरणको मतदानमा देउवाले १८२२ मत पाएका छन् । पौडेलले १२९६ मतमा चित्त बुझाउनु पर्यो। सोमबार खसेको कुल ३१४० मतमध्ये देउवाले उक्त मत प्राप्त गरेका हुन्। दाेस्राे चरणकाे निर्वाचनमा पनि २२ मत बदर भएकाे थियाे ।
आइतबार भएको पहिलो निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये देउवाको ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान भएको थियो। तेस्रो स्थानका कृष्णप्रसाद सिटौला सभापतिको रेसबाट बाहिरिएपछि देउवा र पौडेल बिचमा पुनः मतदान भएको हो।
आइतबार भएको पहिलो चरणको निर्वाचनमा ३१४८ मत खसेको थियो।
उक्त मतमध्ये एक सय एक मत बदर हुँदा देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत पाएका थिए। सोमबारको दोस्रो चरण मतदानमा भने केहि प्रतिनिधि कम भए।
दोस्रो दिन ३१२० मत खसेको थियो। जसमध्ये २ मत बदर भए । देउवाले १८२२ र पौडेलले १२९६ मत पाए ।
निरन्तर तीनपटक सभापतिमा उठेका देउवाले लामो समयपछि संस्थापन पक्षबाट नेतृत्व हात पारेका छन् । पोखरामा भएको महाधिवेशनबाट सभापतिमा उठ्न सुरु गरेका देउवाले पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । दोस्रो पटक सुशील कोइरालासँग पराजित भए । १३ औ महाधिवेशनमा कोइराला परिवार नेतृत्वबाट हटेसंगै देउवाले नेतृत्व हात पारेका छन् ।
पाटी विभाजन पछि एकता गरेका देउवा संस्थापनसंग ६० र ४० को भाग वण्डा गदै आएका थिए । पटक पटक सरकारको नेतृत्व गरेका देउवाले पार्टी नेतृत्व लिन भने निकै ठूलो कसरत गर्नु प¥यो । अब बाट काँग्रेसमा देउवा युगको सुरुवात भएको छ ।