गाईघाट उदयपुर, ८ चैत । सुन्दरपुर गाविस–५ का सहरीदेवी सदालाई बोक्सीको आरोप लगाएर कुटपिट तथा मलमूत्र ख्वाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीयवासी देवकी सदा छिन् । सोही स्थानका सञ्जय सदा भने फरार रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
यही चैत ६ गते बिहान देवकी र सञ्जय सहितको टोलीले सहरीदेवीका घरमा आएर उनी बोक्सी भएको भन्दै मलमूत्र खुवाएको पीडितलाई उद्धृत गर्दै बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताए ।