कतारमा नयाँ शक्तिको अन्तक्रिया हुने

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र ०९, २०७२ | ९:१९:४७

काठमाडौं, ९ चैत्र । नयाँ शक्ति नेपाल कतारले समसामुयिक विषयमा अन्तक्रिया गर्ने भएको छ । यही मार्च २५ शुक्रबार नेश्नल एरियाको १ हलमा अन्तक्रिया कार्यक्रम हुने क्षेत्रिय संयोजक हिमाल राज विश्वकर्माले जानकारी दिए ।

 

‘हामीले समसामुयिक विषयमा आफ्नो भावना आदान प्रदान गर्ने , संगठन विस्तार लगायतका विषयमा अन्तक्रिया गर्ने भएका छौं,’ उनले भने । नयाँ शक्ति कतारको संयोजकमा बिबि खरेल र उपसंयोजकमा लाल भट्ट रहेका छन् ।

सम्बन्धित खबर