प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा विदेशी नागरिकको मृत्यु

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा विदेशी नागरिकको मृत्यु

पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका तत्काल मेट्रो सिटी अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीले बताए।
यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।

Trending News