
काठमाडौं, ७ चैत्र । नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन्। संघको निर्वाचन आगामी चैत्र २३ गते हुँदैछ ।
लामिछानेले सामाजिक सञ्जाल फेसबुकबाटै उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलाता पूर्वक सम्हालेकी लामिछाने विक्रम सम्वत् २०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन्।
चर्चित टेलिशृंखला ‘मुक्ति’बाट अभिनय सुरु गरेकी सरिता लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन्।
लामिछानेले दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी छिन् ।