लिपु लेकबारे कुरा उठाउन प्रधानमन्त्री ओलिलाई राधानीमा वैद्य विद्यार्थीको दबाब

दियो पोस्ट  

काठमााडै,चैत १० प्रधानमन्त्री केपि ओली चीन भ्रमणमा रहेको समयमा मोहन वैद्य नेतृत्वको अखिल क्रान्तिकारीले राजधानीमा लिपुलेक बारे कुरा उठाउन दबाब दिएका छन् ।
भारत र चीन बिच भएको विवादीत लिपुलेक सम्झौता खारिज हुनु पर्ने माग गदै बुधबार राजधानीमा क्रान्तिकारीले प्रर्दशन गरेको छ ।
संगठनका अध्यक्ष रत्न ढकालले भने लिपुलेकका बारेमा प्रधानमन्त्रीले आफै कुरा उठाउनु पर्ने हो नउठाउदा आफ्नो संगठनले प्रर्दशन गर्नु परेको बताए । उनले भने ओलि भारत जादा पनि यो विषयमा मौन रहे । अहिले पनि मौन नै देखिएका छन् । सबैले यस्तै गरी मौन बस्ने हो भने नेपालको भूमि गुमी रहने छ ।
भारत र चीन बिच लिपुलेक सम्झौता भएपछि ढकालको नेतृत्वमा क्रान्तिकारीको टिम लिपुलेक गएको थियो । उनीहरुलाई भारतीय सुरक्षा अधिकारीले अबरोध सृजना गरेका थिए । तर टोलि लिपुलेकमा नेपालको राष्ट्रिय झण्डा र संगठनको झण्डा फराएर फर्केको थियो ।

TATA ADD

सिफारिस