कलैया, १२ चैत । बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश भोजराज शर्माले आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाद्वारा सञ्चालित राजयोग ध्यान शिविरको उद्घाटन गरेका छन् ।
जीवनमा आइपर्ने अनेक प्रकारका समस्याको समाधान गर्न वैज्ञानिक एवम् आध्यात्मिक विधिद्वारा सिकाइने खुसियाली जीवन एवम् स्वास्थ्य समाजका लागि राजयोग ध्यान शिविर सञ्चालन हुनेछ ।
कलैया नगरपालिकाको सहयोगमा निःशुल्क शिविरमा वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्मकुमार राजु घलेले आध्यात्मिक प्रशिक्षण दिनु हुनेछ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना, कलैया नगरपालिकाका कार्यकारी अधिकृत सुरेश राउत, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाका मीना बहनले राजयोग ध्यान शिविरको महत्व र यसबाट हुने लाभबारे प्रकाश पारे।
सात दिनसम्म सञ्चालन हुने उक्त शिविर बिहान, दिउँसो र बेलुकी गरी दिनको तीनपटक हुने जनाइएको छ ।