सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबीसी टेभीलाई प्रेस काउन्सिलले पत्र काट्ने

दियो पोस्ट  

काठमाडौं, १८ चैत्र । देश टुक्र्याउने अभिव्यक्ति दिएका स्वतन्त्र मधेस आन्दोलन संयोजक डा. सिके राउतको अन्र्तवार्ता प्रशारण गरेको भन्दै एबीसी टेलिभिजनलाई पत्र काटिने भएको छ । प्रेस काउन्सीलले राउतको विखण्डनकारी विचारलाई बाढावा दिएको भन्दै पत्र काट्न लागिएको बताइएको छ ।
प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठका अनुसार आजै एबीसलाई पत्र काट्न लागिएको हो ।

‘प्रेस काउन्सिलले सिके राउतको बिखण्डरी विचारलाई बढावा दिएबापत एबीसी टिभिलाई आजै पुर्जी काट्ने लागेको बुझीएको छ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।