आफ्नो विरोध गर्नेहरुलाई ‘भ्रष्टाचारी’मा सुचिकृत गरि जेल कोच्ने रवि लामिछानेको घोषणा !

- दियोपोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो विरोध गर्नेहरु सबै विरुद्ध भ्रष्टाचार अभियोगमा कारबाही गर्न सुचिकरण शुरु भएको बताएका छन् ।
शनिबार तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेलाई विजय गराउन चुनावी अभियानमा तनहुँ पुगेका उनले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

‘त्यस्ता मानिसहरु हामीलाई प्रश्न गर्छन्, जसलाई त हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिस्ट बनाइरहेका छौं,’ लामिछानेले भने,‘आम नागरिकले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार छु,’ उनले भने, ‘तर, भ्रष्ट मान्छेले सोधेको एउटा पनि प्रश्नको जवाफ दिन्नँ। किनकी तिनलाई त जेल कोच्ने हो ।’

लामिछानेले वर्षौँदेखि शासन गर्नेहरूले मुलुकलाई यो अवस्थामा पु¥याएकाले उनीहरु जवाफदेही हुनपर्ने बताए। त्यस्ता व्यक्ति र राजनीतिज्ञहरूले आफूलाई प्रश्न गर्न नमिल्ने पनि उनको भनाइ छ।

‘जनताको भोट लिएर गएर उनीहरुलाई यो देश छोड्न वाध्य बनाउनेहरुले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ,’ उनले भने।

लामिछानेले कैयौं मान्छेहरू आफ्नो हातमा हतकडी लगाउन प्रतिक्षा गरेर बसेको भएपनि त्यसो नहुने बताए।

उनले भने,‘‘यी तिनै हात हुनेछन्, यो देशका भ्रष्टाचारीहरूलाई कारबाही गर्ने एकल निर्णय गरेर त्यो निर्णयमा हस्ताक्षर गर्छ ।’

सम्बन्धित खबर