काठमाडौ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकाय हो – अख्तियार दुरुपयोग अनुसन्धान आयोग । सबै आयोगभन्दा शक्तिशाली रहेको अख्तियार भने भ्रष्ट कर्मचारीहरुको अखडा बनेको छ । प्रमुख आयुक्त प्रेमकुमार राईको असक्षमताका कारण भ्रष्टाचार नियन्त्रण त परको कुरा अख्तियार नै दुर्गन्धित बन्न पुगेको छ ।
आयोगमा कर्मचारीहरुमध्ये गहन किसिमका अनुसन्धानमा आवश्यक बाहेक निजामती सेवा ऐन नियम अनुसार हरेक २ बर्षमा सरुवा गर्ने परिपाटी लागू हुन सकेमात्रै पनि धेरै हदसम्म बेथिति हल हुनसक्छन् । तर त्यो लागू हुन सकेको छैन । आयोगमा ५ वर्षदेखि १२ वर्षसम्म रजाइँ गर्ने कर्मचारीहरुको फेहरिस्त नै दियोपोस्टले फेला पारेको छ ।
निजामती र प्रहरीका कर्मचारीहरु १२ बर्षदेखि अख्चियारमै अड्डा जमाएर बसेका छन् । काम खासै नहुने तलब र भत्तासमेत दोब्बर हुने भएकाले अख्तियार श्रीमान श्रीमती नै जागिर खाने स्थल भएको छ । श्रीमान श्रीमती नै अख्तियारमा दरबन्दी राखी बर्षौदेखि कार्यरत छन् । तर इमान्दार काम गर्ने खालका कर्मचारीहरुलाई भने पोल खुल्ने डरले त्यहाँ कार्यरत एक समूहले सरुवा गर्ने गरेको छ ।
अख्तियारमै जागिर खाएर पेन्सन लिने र पुनः त्यहीँ विज्ञका रुपमा करारमा नियुक्ति लिई डब्बल भत्ता खानेहरु पनि छन् । पेन्सनमा निस्केका र पुनः नियुक्ति पाएका र अख्तियारका उजुरीमा सेटिङ गर्ने दीपक देवकोटा र रामप्रसाद घिमिरे उदाहरण हुन् । देवकोटा प्राविधिक उपसचिवबाट अवकाश भएका हुन् भने घिमिरे कम्प्युटर अपरेटरबाट अवकाश भएका थिए । देवकोटा र घिमिरे सेटिङ गर्ने हर्ताकर्ता हुन् । प्रमुख आयुक्तले नैतिक रुपमा पेन्सन नलिए पनि देवकोटा र घिमिरेजस्ताले दोहोरो सुविधा लिएर अख्तियारमा पर्ने उजुरीमा मोलतोल गर्ने काम गर्दैआएका छन् ।
प्रहरीमा युएन शाखामा बसी प्रश्नपत्र आउट गर्ने मुख्य भूमिका भएका बासुदेव पाठकलाई अख्तियारमा स्टीङ अप्रेसन इन्चार्ज बनाइएको छ । जुन अख्तियारको लागि ‘कालोधब्बा’ हो ।
अख्तियारमा कार्यरत कतिपय प्रहरी र निजामतीका अधिकृतले उजुरीमै मोलतोल गरेका बिषय, होटलमा उजुरीमा डिल गर्दा अख्तियारको परिचयपत्र नै छाडेका घटना समेत देखिन्छन् । युएन मिसनको प्रश्नपत्र आउट गरी मिसन परीक्षा पास गरेकी प्रहरी निरीक्षक चेतना पोखरेलको हैकम अख्तियारभित्रै चर्चाको विषय बन्ने गरेको छ । उनीसँग मात्र हुने अख्तियारको परिचयपत्र होटलमा फेला परेको बिषयले समेत उनी विवादमा पर्दैआएकी छन् । होटलमा उजुरीमा डिल गर्न जाने क्रममा उनको कार्ड छोडिएको अख्तियारमै चर्चा हुने गरेको छ ।
सामान्यतया प्रहरी अधिकृतको १ बर्षमा सरुवा भए पनि पोखरेल ३ बर्षभन्दा बढी समयदेखि अख्तियारमै छिन् । राजनीतिक पहुँच र उच्चपदस्थ प्रहरी अधिकृतहरु समेतको दबाबमा उनको सरुवा हुन नसकेको हो । चेतना आफूमात्र होइन, आफ्नो पहुँच प्रयोग गर्दै अरुको सरुवा समेत थमौती गर्ने हैसियत राख्छिन् । अख्तियारभित्रै सबुत प्रमाण कक्षबाटै टिकटक लाइभ गर्नेहरुलाई पनि अख्तियारले सरुवा गर्नसकेको छैन ।
यस्तै प्रहरीमा कोहीलाई बर्षौसम्म सरुवा नगर्ने र कसैलाई एक बर्षमै गर्ने बेथितिपूर्ण कामले गर्दा केही दिनअघि अख्तियारभित्रै एक प्रहरीले झुन्डिएर आत्महत्या गरेका थिए । अख्तियारको प्रोत्साहन भत्ताकै भरमा परिवार पालिएका इमान्दार कर्मचारी पनि छन् । तर उनीहरुकै अगाडि दिनदिनै अत्याधुनिक भएर कार्यालयभित्रै टिकटक बनाउनेहरु पनि छन् । अख्तियारको सबुत प्रमाण कक्षमा बसी टिकटक बनाएर लाइभ गर्ने कार्यले उक्त संस्थाको मर्यादामा पनि आँच पुगेकोतर्फ प्रमुख आयुक्तको ध्यानाकर्षण गर्दै आयोगमा उजुरी परेको छ । २०७९ चैत २४ गते अनलाइनमार्फत् पनि उजुरी परेको छ ।
त्यसैगरी, अख्तियारमा भएका बेथितिका बारेमा २०७९ फागुन २३ मा दर्ता भएको र दर्ता नम्बर २९६४३ रहेको उक्त उजुरी समेत प्रमुख आयुक्तले एकपटक हेरेमा सबै खुलस्त हुने उल्लेख छ ।
अख्तियारमा बषौदेखि कार्यरत ऐन कानुन नलाग्ने कर्मचारीहरुको सूची यस प्रकार रहेको छ ।
१. प्रमिला श्रेष्ठ १० वर्ष
२. नारायण पौडेल १० बर्ष
३ .थुलुङ राई १० बर्ष
४. ध्रुव पोखरेल ८ बर्ष
५.जगदिस न्यौपाने १० बर्ष
६. हरिप्रसाद आचार्य १० बर्ष
७. श्रीकृष्ण कार्की १० बर्ष
८. दिपेन्द्र न्यौपाने १० बर्ष
९. तिलक पुन १० बर्ष
१०. लक्ष्मी देवकोटा ५ बर्ष
११. मेनुका थापा ५ बर्ष
१२. आइती सिंखडा १० बर्ष
१३. तारा बहादुर खड्का ९ बर्ष
१४ इन्द्रमणि केसी ९ बर्ष
१५ विन्दु महरा ६ बर्ष
१६. .कृष्णबहादुर मगर १० बर्ष
१७. रविना राई १० बर्ष
१८. रामबहादुर खड्का १० बर्ष
१९. सोनाम भोटे ७ बर्ष
२०. मोहनलाल आँगा श्रेष्ठ ९ बर्ष
२१ सुमनमणि पौडेल ७ बर्ष
२२.राजन कार्की १० बर्ष
२३. राधिका बस्याल ३ बर्ष
२४. युवराज गिरी ६ बर्ष