कोरोना संक्रमणबाट एक जनाको मृत्यु, आज मात्रै १०६ जना संक्रमित थपिए

दियो पोस्ट  

काठमाडौं । पछिल्लो समय कोभिड संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।

यस्तै १०६ जना संक्रमित पनि थपिएका छन्। योसँगै अहिले देशभर ४६९ जना सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। १३ जना आइसियु र २४ जना आइसोलेशनमा छन्।
यस्तै ४८ जना निको समेत भएका छन्।

सम्बन्धित खबर