काठमाडौं, २३ चैत्र । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान पूर्ण नभएको बताएका छन् । ‘यो संविधान पूर्ण होईन । यद्धपी यहाँ केही महत्वपूर्ण उपलब्धी भएको छ,’ मंगलबार दलित मुक्ति मोर्चाको केन्द्रीय प्रशिक्षणलाई संबोधन गर्ने क्रममा उनले भने, ‘ थप उपलब्धीको लागि संघर्ष गर्नुपर्छ त्यसको लागि हामीले पार्टी संगठन सुदृढ बनाउन आवश्यक छ ।’
जनयुद्धको समयमा दलित समुदायबाट धेरै योगदान भएको उल्लेख गर्दै उनले दलित समुदायको उपस्थितीले माओवादीको क्रान्तिकारीताको मापन हुने बताए ।
एमाओवादी भित्र पनि समानुपातिक र समाबेशी बनाइने उनको भनाई थियो ।
संविधानसभाको दोस्रो निर्वाचनमा आफूहरुलाई जनताले दण्डित गरेको भन्दै उनले अब सच्चीने बताए । ‘हामी विग्रिएकोमा जनताद्वारा थोरै दण्डित भयौं, उनले भने, ‘जसका कारण हामी तेस्रो पार्टी बनेका छौं । सच्चिनुको विकल्प छैन ।