नुवाकोट , २५ चैत । भूकम्पपीडितलाई राहतस्वरुप स्थानीयस्तरमा काम लगाई नगद रकम दिने कार्यक्रममा कामका लागि नगद कार्यक्रमअन्तर्गत मदानपुरका भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ ।
बुधबार मदानपुर गाविसमा आयोजित कार्यक्रममा गाविसभरिका एक हजार ७०६ जना भूकम्पपीडितलाई रकम प्रदान गरिएको हो । कामका लागि नगद कार्यक्रमअन्तर्गत आफ्नै टोल–बस्तीको बाटो, सडक, सिँचाइ कुलो, विद्यालय मर्मत र निर्माण गर्ने काममा खटिएकालाई रकम प्रदान गरिएको स्थानीयवासी श्रीराम नेपालले बताए ।
भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले २० दिन काममा लगाइएको थियो । दिनको ४६० को दरले रकम प्रदान गरिएको हो । प्रतिव्यक्ति नौ हजार २०० रुपैयाँ प्रदान गरिएको थियो । गाविसका कामका लागि नगद कार्यक्रमले एक करोड ५६ लाख ९५ हजार २०० रुपैयाँ प्रदान गरिएको हो । अक्सफामको सहयोगमा सञ्चालित कार्यक्रमको स्थानीय साझेदारका रुपमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल कार्डसनले काम सञ्चालन गरेको थियो ।