श्रीमतीलाई अगुल्टोले हान्ने पक्राउ

diyopost.com
bestnp   बिहिबार, चैत्र २५, २०७२ | ७:४७:४१

नुवाकोट , २५ चैत । श्रीमतीलाई अगुल्टोले हानी गम्भीर घाइते बनाउने लोग्ने किम्ताङ–८ का ५२ वर्षीय श्रीमान घलेलाई प्रहरीले पक्राउ गरेको छ । ४८ वर्षीया श्रीमती सकुन्तला घलेलाई बलिरहेको अगुल्टोले प्रहार गरेर घाइते बनाई घरमै राखेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

घाइते सकुन्तलालाई स्थानीयवासीले उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएकोमा गम्भीर घाइते भएकाले थप उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

मङ्गलबार राती ९ बजे श्रीमान्ले घरायसी वादविवादको कारण बलिरहेको अगुल्टोले मुख, दुवै तिघ्रा र गुप्ताङ्गमा प्रहार गरी सकुन्तलालाई घरमै लुकाइराखेको अवस्थामा स्थानीयवासीको सूचनाका आधार घाइतेको उद्धार गरी अभियुक्तलाई बुधवार गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषि खनालले बताए । आरोपितलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर