काठमाडौं, २६ चैत्र । विप्लव नेतृत्वको माओवादी निकट अखिल (क्रान्तिकारी)का त्रिचन्द्र अध्यक्ष उषाकिरण विश्वकर्मामाथि आक्रमण भएको छ । उनी सामान्य घाईते भएका छन् । बुधबार क्रान्तिकारीले त्रिचन्द्र क्याम्पस सरसफाई कार्यक्रम आयोजना गरेपछि एमाले निकट विद्यार्थी संगठनका कार्यकर्ताद्वारा उनी माथि आक्रमण गरिएको बताइएको छ । ‘मैले विद्यालयमा सरसफाईको कार्यक्रम गरेपछि अतालिएका गुण्डाहरुले म माथि आक्रमण गरे, ’ दियोपोस्टसँग उषाकिरणले भने, ‘आक्रमणपछि उनीहरुले माफी पनि मागे ।’
क्रान्तिकारीले विज्ञप्ति जारि गर्दै घटनामा समलग्नलाई कारबाही नगरे आफूहरुले जनकारबाही गर्ने चेतावनी दिएको छ । ‘प्राज्ञिक थलोभित्र यस्ता यस्ता आपराधिक गतिविधि गर्ने व्यक्तिलाई एक हप्ताभित्र कानुनको कठघरामा उभ्याई कडा भन्दा कडा कारबाही गर्न क्याम्पस प्रशासन र प्रहरी प्रशासन समक्ष अनुरोध गर्दछौं,’ जारि विज्ञप्तिमा भनिएको छ, ‘यदि अपराधीलाई कानुन बमोजिम कारबाही नगरे अपराधीलाई विद्यार्थीबीचमा उभ्याई जनकारबाही गर्न बाध्य हुने कुराको चेतावनी दिन चाहान्छौं ।’