फोटो पत्रकार क्लब नेपालको अध्यक्षमा द्धारिका काफ्ले

दियो पोस्ट  

काठमाडौं । फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लबको अध्यक्षमा द्धारिका काफ्ले चयन भएका छन् । आइतबार सम्पन्न तेह्रौँ साधारणसभाले काफ्लेलाई निविरोध अध्यक्ष बनाएको हो ।

आईतबार बसेको साधारणसभाले आगामी दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा अंगद ढकाल, महासचिवमा अमुल थापा, सचिवमा कविन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्वाचित भएका हुन् भने सदस्यमा सन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार छन् ।

निर्वाचित पदाधिकारीहरुलाई आइतबारै एक समारोहकाबीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिबक्ता निरजंन राजबशी, संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले बधाइ तथा शुभकामना व्यक्तगर्नु भएको थियो । त्यसैगरि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बिकास कार्कीको प्रमुख आतिथ्यमा साधारणसभका पूर्वअध्यक्ष प्रकास माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।