काठमाडौं, २९ चैत्र । नयाँ शक्ति अभियानका प्रमुख बाबुराम भट्टराईले पूर्व राष्ट्रपति रामवरण यादवले दिएको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको बताएका छन् । आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा पूव राष्ट्रपति यादवले बाबुराम भट्टराईले पहिलो संविधानसभा विघटन गरेको आरोप लगाएका थिए । उनले लगाएको आरोपको खण्डन गर्दै भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत ध्यानकर्षण भएको जनाएका हुनु ।
‘एक सार्वजनिक कार्यक्रममा पूर्व राष्ट्रपति श्री रामवरण यादवले ू बाबुराम भट्टराईजीलाई संविधानसभा भंग नगर्नु भनेको थिएँ, भंग गरिदिएू भनी भन्नुभएको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सर्वप्रथम राज्यको जिम्मेवार र संवेदनशील निकायमा रहेका वा रहिसकेका व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिंदा पालना गर्नुपर्ने निश्चित मापदण्ड वा आचारसंहितावारे ध्यानदिनु उपयुक्त होला।’
उनले आफूले संविधानसभा विघटन गर्ने कुनै पनि गतिविधी नगरेको बताएका छन् ।
भट्टराईले लेखेको स्ट्याटस यस्तो छ :
एक सार्वजनिक कार्यक्रममा पूर्व राष्ट्रपति श्री रामवरण यादवले " बाबुराम भट्टराईजीलाई संविधानसभा भंग नगर्नु भनेको थिएँ, भं…
Posted by Dr. Baburam Bhattarai on Sunday, April 10, 2016