सरकार सबै क्षेत्रमा असफल डा भट्टराई

दियो पोस्ट  

जनकपुरधाम, ३० चैत । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएकाले सत्तामा रहिरहने नैतिक आधार नभएको धारणा राख्नु भएको छ ।

जनकपुरघाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारको गतिविधि र भाषा पञ्चायती व्यवस्था झैं भएको आरोप लगाउँदै सरकारले अराजकता, कालाबजारी, तस्करी, भ्रष्टाचारलाई प्रश्रय दिएको बताए ।

एक प्रश्नको जवाफमा उहाँले मधेसका मुद्दाको सम्बोधन विगतमा भएको सहमति र सम्झौता, आयोग र संविधानसभाको समितिको सुझावका आधारमा गरेर संविधान संशोधन गरे समाधानको उपाय हुनसक्ने धारणा राखे ।

उनले मधेस आन्दोलनलाई मधेसमा नै केन्द्रित नराखी राष्ट्रिय स्वरूप दिनु जरुरी छ भन्दै यसका लागि मधेसी, थारु, आदिवासी, जनजाति, खस र आर्यबीच एकताको आवश्यतामा जोड दिए ।

नेपालको सभ्यता, संस्कृतिमा मधेस महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले मधेसलाई टुक्र्याउने सोच कसैले राख्न हुने धारणा राखे ।

उनले पुरानो राजनीति र यथास्थितिवादको जगमा मुलुकको विकास हुन सक्दैन भन्दै नयाँ चिन्तन र शक्तिले राष्ट्रलाई समृद्धि बनाउन अग्रसर हुनुपर्ने उल्लेख गर्नु भयो ।

सम्बन्धित खबर