चीन, १ वैशाख । दक्षिण चीनको ग्वाङकोङ प्रान्तमा बुधबार ‘ग्यान्ट्री’ (पुलजस्तो संरचना) भत्किँदा भवनमा कार्यरत १८ जना मानिसको मृत्यु भएको छ ।
उद्योगको भवनमा वारपारका लागि निर्माण गरिएको ग्यान्ट्री दुईतले कच्ची भवनमा परेको र त्यसभित्र रहेका १८ जनाको मृत्यु हुनाका साथै १८ जनाभन्दा बढी मानिस घाइते भएको डोङ्गन नगर सरकारका उपमहासचिव लुओविनले बताए ।
दुर्घटनामा ८८ जना भवनबाट भागेर उम्कन सफल भएका बताइएको छ ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर तथा स्थिर रहेको उनले बताए ।