काठमाडौँ । जगदम्बा होल्डिङ्सका अध्यक्ष एवम् शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अग्रवाललाई भैरहवाबाट काठमाडौं फर्कदैं गर्दा बाटोबाटै पक्राउ गरेको हो ।
हिजो साँझ मात्रै उनका बुबा शंकरलाल अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियोे ।
सुलभ यसअघि काेराेनाकालमा थर्मलगन चाेरी अभियाेगमा पक्राउ परेका थिए ।