दिपक भट्ट र शेखर गोल्छासँग कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाको पनि पार्टनरसिप

दियोपोस्ट संवाददाता  

काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन बाध्य बनाउने प्रतिष्ठित शेयर खरिद प्रकरणमा कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया पनि मुछिएका छन् । दिपक भट्टलाई ‘विचौलिया’को रुपमा निरन्तर खबर प्रकाशन गरिरहेको कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाले भट्ट्सँगै पार्टनरसिप लिएको तथ्य भेटिएको छ ।

सेटिङमा हत्याइएको हिमालयन रि इन्स्योरेन्स कम्पनिका संस्थापक अध्यक्ष शेखर गोल्छालाई सीआईबीले पक्राउ गरिसकेको छ । गोल्छाकै हैसियतका संस्थापक शेयरधनी कैलाश सिरोहियालाई भने प्रहरीले पक्राउ गरेको छैन । दियोपोस्टलाई प्राप्त शेयर विवरणमा विचौलिया दिपक भट्टको भन्दा ठूलो सेयरको हिस्सा कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाको छ । हिमालयन रि ईन्स्योरेन्समा दिपक भट्टको स्वामित्व रहेको ईन्फिनिटि होल्डिङ्सको ४ लाख ५० हजार कित्ता सेयर देखिन्छ । अर्थात भट्टले ४ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर पाएका थिए भने कैलाश सिरोहियाले १० लाख कित्ता गोल्डेन सेयर पाएका थिए । उनको नाममा १० करोड रुपैयाँ बराबरको संस्थापक सेयर कायम भएको लगतमा देखिन्छ ।

प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले हिमालयन रि ईन्स्योरेन्स मार्फत धितोपत्र सम्बन्धी ऐन, २०६३ विरुद्धको कसुर भएको पाइएको छ । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छालाई हिजो विहिबार ब्युरोले पक्राउ गरेको छ । उनलाई २०८३ वैशाख १० गते नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको हो । यो कम्पनिमा दिपक भट्टले आफ्ना बाबु चतुर्भूज भट्टको नाममा समेत संस्थापक सेयर राखेका छन् ।

कैलाश सिरोहियाको निकट व्यवासायी विकाश राणा पनि यो कम्पनिको साझेदार हुन् । प्राप्त संस्थापक सेयरधनी विवरण अनुसार राणाको नाममा १० लाख कित्ता शेयर रहेको छ । तत्कालिन केपी ओली सरकारले दिपक भट्टको सेटिङको आधारमा हिमालयन रिलाई लाइसेन्स दिलाइएको थियो । १० अर्बको चुक्ता पुँजी रहेको हिमालय रिमा प्रति कित्ता १ सय रुपयैयाँ कायम गरि १० रुपैयाँ थपेर १ अर्ब रुपैयाँ उठाइएको आरोप त्यतिबेला नै लागेको थियो ।

Screenshot

ओलीकै कार्यकालमा लगानी बोर्डलाई समेत सेटिङ गरेर ‘यति ठूलो डिल’ भएको थियो । निजि क्षेत्रका व्यावसायीहरुले एक अर्ब घुस बुझाएर यो लाइसेन्स हत्याएको त्यतिबेला नै रिपोर्टिङ र समाचारहरु आएका थिए । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बिमा कम्पनिलाई टाट पल्टाउन निजि क्षेत्रलाई यो कम्पनि खोल्ने अनुमति दिइएको थियो । प्रति कित्ता एक सयमा खरिद गरेर विचौलियाहरुले धितोपत्र बोर्डलाई सेटिङ गरेर १ हजार ९ सय १६ रुपैयाँसम्म आम नागरिकलाई बिक्री गरेर अर्बौं रुपैयाँ कमाएका थिए ।

तत्कालिन ओली सरकारले कोरोना कालमा निषेधाज्ञा जारी भएको समयमा सुटुक्क यो सुचना निकालेर हिमालयन रिलाई लाइसेन्स दिएको थियो । ओली सरकारबाट नियुक्ती पाएका तत्कालिन अध्यक्ष सुर्य सिलवालले यो कम्पनिलाई अनुमति दिएका थिए । उनै सिलवालमाथि किर्ते मुद्दा समेत दायर भएको थियो ।

सिफारिस