रास्वपाका सांसद विश्वराज पोखरेललाई ‘ठाउँको ठाउँ ठहरै बर्खास्त गरियोस् : महाविर पुन

दियोपोस्ट संवाददाता  

काठमाडौं । ओखलढुंगाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेललाई बर्खास्त गर्न पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महाविर पुनले माग गरेका छन् । गृहजिल्लामा पुगेका सांसद पोखरेलले स्थानिय शिक्षकमाथि दुर्व्यवहार गर्दै ‘आफ्नो सम्मानमा लाइनमा खडा नभएको’ भन्दै गालीगलौच गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि उनीमाथि कारबाहीको दबाव बढेको छ ।

‘यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सासंद भनेको जनताको नोकर हो । एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ बर्ष सम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ,’ पुनले सामाजिक सञ्जालमा भनेका छन्,‘बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्याे कि त सारा जनताले फिर्ता बोलाउनु पर्याे । सासंद पदको बेईजत नै गर्याे ।’

सिफारिस