दुवै पक्षलाई समझदारी गराउँछौँ पूर्वमन्त्री रिजाल

दियो पोस्ट  

मोरङ , ३ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले अहिलेको प्राथमिकता भनेको मधेसी मोर्चा र सरकारलाई मध्यविन्दुमा ल्याएर समस्याको निकास खोज्ने भएको बताए ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री डा रिजालले मधेसीको आन्दोलनलाई सम्बोधन नगरी संविधानको कार्यान्वयन गर्न समस्या हुने बताए । उनले भने– “समस्याको मध्यविन्दु खोजी सम्झौता गराउन काँग्रेसले पहल थाल्ने छ ।”

मधेसी मोर्चाको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्दै उनले मधेसी मोर्चाले पनि जिद्दी नगरी वार्तामा बस्नु पर्ने बताए ।