गरिवी निवारण कोषका ३६ कर्मचारीलाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा (सुचीसहित)

दियो पोस्ट  

काठमाडौं, ५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका ३६ कर्मचारीलाई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न समयमा नक्कली बील भर्पाइ गरेर उनीहरुले करोडौं अनियमितता गरेको आयोगले दाबी गरेको छ ।
आयोगले गरिवी निवारण कोष ताहाचल काठमाडौंका कार्य प्रबन्धकहरु, लेखा साहायकले करोडौं अनियमितता गरेको जनाएको छ ।

आयोगको विज्ञप्ति यस्तो छ ।

प्रेश विज्ञप्ती : मिती २०७३।०१।५ गते ।
—————————————-

आरोपपत्र दायर गरिएको ।
—————————
गरिवी निवारण कोष ताहाचल काठमाण्डौका कार्य प्रवन्धकहरु, लेखा अधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख एवं कार्यकारी निर्देशक समेतले एक आपसमा सरसल्लाह र मिलेमतो गरी आफुलाई गैह्र कानूनी लाभ पुर्याउने र गरिवी निवारण कोषलाई गैह्र कानूनी हानी नोक्सानी पुर्याउने बदनियतले आ.व. ०६६।०६७ मा रु. ९६,२५,४३०।७५ (छयानब्वे लाख पच्चीस हजार चार सय तीस रुपैया र पैसा पचहत्तर मात्र), आ.व. ०६७।०६८ मा रु. १,८४,४२,९६९।-( एक करोड चौरासी लाख बयालीस हजार नौ सय उनान्सत्तरी रुपैया मात्र) र आ.व. ०६८।०६९ मा रु.१,५४,१९,५१६।५० (एक करोड चौवन्न लाख उन्नाइस हजार पाँच सय सोह् रुपैया र पैसा पचास मात्र) समेत गरी ३ (तीन) आर्थिक वर्षको अवधिमाजम्मा रु. ४,३४,८७,९१६।२५ (चार करोड चौतीस लाख सतासी हजार नौसय सोह्र रुपियाँ र पैसा पच्चीस मात्र) विभिन्न कार्यक्रम र त्यस बापतको भ्रमणकानाममा खर्च भएको भनि झुठा विल भरपाई वनाई पेश गरी पेश्की फछर्यौट गर्ने गराउने कार्य गरी हिनामिना एवं हानी नोक्सानी गरी गराई गरिबी निवारण कोषलाई गैर कानूनी हानी नोक्सानी र आफूहरुलाई गैरकानुनी लाभ पुर्या ई भ्रष्टाचार गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्न देहाय वमोजिमका ३६ जना व्यक्तिहरुलाइ कसुर अनुसार बिगो तथा सजायको मागदावी लिई आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।

आरोपीहरुको सुची

aktiyar