भूकम्पपीडितका घर बनाउने मजदुरको मृत्यु

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख ०६, २०७३ | ११:५०:४४

दमौली, ७ वैशाख । तनहुँको बन्दीपुर नगरपालिका–९ मा फाउन्डेसन कम्पनीमार्फत भूकम्पपीडितका लागि घर बनाउन बसेका एक मजदुरको सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर पञ्चवली–९ घर भएका ३६ वर्षीय बलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

काम गर्दागर्दै एक्कासि बेहोस भएका थापाको उपचारका लागि दमौली अस्पताल पु¥याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो । मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर