कनकमणि दीक्षितलाई १० दिन थुनामा राखिने

diyopost.com
bestnp  आइतबार, बैशाख १२, २०७३ | १३:०८:५२

काठमाडौं, वैशाख १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितलाई १० दिनसम्म हिरासतमा राख्त विशेष अदालतले अनुमति दिएको छ । यद्यपी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० दिनको थुनामा राख्ने समय माग गरेको थियो ।
वरिष्ठ पत्रकार समेत रहेका दीक्षितलाई स्रोत नखुलेको अकुत सम्पत्ति जोडेको आरोपमा पक्राउ गरिएको हो । बबरमहल स्थित विशेष अदालतमा उनलाई म्याथ थप्ने वा नथप्ने विषयमा बहस भएको थियो ।

दुवै पक्षको बहसमपति अदालतका अध्यक्ष महेश भट्टराई तथा सदस्यहरु प्रभा वस्नेत र महेस पुडासैनीको ईजलासले १० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

सम्बन्धित खबर