मुलुकका हरेक क्षेत्रमा पाठ्यपुस्तक समयमा नै पु¥याइने

दियो पोस्ट  

ताप्लेजुङ, १४ वैशाख । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले विद्यालयमा समयमा नै पाठ्यपुस्तक नपुगेका कारण सामुदायिक विद्यालयको नतिजा खस्कँदै गएको बताए ।
पाठ्यपुस्तक वितरण कार्यक्रमका सन्दर्भमा यहाँ आइपुग्नु भएका मन्त्री मानवीले सदरमुकामस्थित भानुजन उमाविमा आयोजित कार्यक्रममा पाठ्यपुस्तक वितरण गर्दै बर्सेनि शैक्षिकसत्र सुरु भएको धेरै समयपछि मात्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने गरेकाले पठनपाठन नै प्रभावित हुने गरेको बताए ।

उहाँले ताप्लेजुङमा प्राप्त पाठ्यपुस्तकको तथ्याङ्क आफूले लिएको बताउँदै अपुग पाठ्यपुस्तक चाँडै उपलब्ध गराइने आश्वासन दिए ।

यस पटकदेखि मुलुकका हरेक क्षेत्रमा पाठ्यपुस्तक समयमा नै पु¥याइने विषयमा सरकार गम्भीर ढङ्गले लागेकाले पाठ्यपुस्तकको समस्या क्रमशः हल हुँदै जाने उनको भनाइ छ ।
उनले आजै बिहान जिल्ला पशुसेवा कार्यलय ताप्लेजुङसँगको साझेदारीमा सदरमुकाममा एक सहकारी संस्थाद्वारा सञ्चालन भएको बङ्गुरपालन समेत अवलोकन गरे ।